निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ: उम्मेदवार सिंह

काठमाडाैं | मंसिर १, २०७९

निर्वाचनपछि पनि सरकारको नेतृत्व कांग्रेसले गर्छ: उम्मेदवार सिंह

काठमाडौँ:  क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताउनुभएको छ ।


आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा कुरा गर्दै उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो ।


पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।”


उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व गर्यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पनता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो ।


मुलुकका सबै तह र तप्कालाई मिलाएर लग्ने खालको आर्थिक एजेण्डाको नेतृत्व गर्न कांग्रेस अगाडि बढेको  बताउँदै पार्टीका पूर्वमहामन्त्री सिंहले  ‘केन्द्रमा प्रभाव क्षेत्रमा विकास’ भनेर आफ्नो चुनावी प्रतिबद्धतापत्रमै स्पष्ट भनेको बताउनुभयोे ।

 
निर्वाचनपछि  नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले  सामान्यतया ठूलो पार्टी जो छ त्यसले नै नेतृत्व गर्छ भन्नुभयो । जनता र राष्ट्रहितलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध राम्रो बनाएर सबै मित्रराष्ट्रको सहयोग र समर्थन प्राप्त गरेर जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार सिंहले बताउनुभयो । 


निर्वाचन घरदैलोका क्रममा मतदाताले खानेपानी र राजनीतिक स्थिरताका बारेमा जिज्ञासा राखेको बताउँदै पूर्वउपप्रधानमन्त्री सिंहले परियोजना पुनःस्थापित गर्ने काम भइराखेकाले अब छिट्टै नै पानी निरन्तररूपमा आउने विश्वास दिलाउनुभयो ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्